काठमाडाैं ।। काठमाडाैं बाहिरी जिल्लाहरु मात्रै नभई राजधानी काठमान्डाैंकै थुप्रै सडक भत्किएका छन् । प्रधानमन्त्रीले समेत सडक मर्मत र स्तरोन्नतिको विषयमा चासो देखाउँदै आउनुभएको छ । हिजो भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङ, पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल लगायतको एक उच्चस्तरीय टोलीले चावहिल साँखु सडकखण्डको अनुगमनका लागि पुगेको थियो । प्रहरीको स्कर्टिङसहित १५ भन्दा बढी सरकारी गाडीको लर्को लगाएर एउटा टोली चुच्चेपाटीस्थित पाँचतारे होटल हायातबाट एकैपटक अनुगमनमा निस्कियो । बौद्धमा ओर्लिएको टोलीलाई स्थानीयले समस्या र गुनासो सुनाए । अनुगमन टोली जहाँ–जहाँ झथ्र्यो र छलफल गर्न खोज्थ्यो । त्यहाँ टोली, ठेकेदार र स्थानीयबीच विवाद सुरु हुन्थ्यो । हरेक ठाउँमा स्थानीयको प्रश्नको जवाफ दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै अघि सर्नुभयो । नेपालको असन्तुष्टि ठेकदार बालकृष्ण तामाङसँग पनि देखिन्थ्यो । तर तामाङको पनि आफ्नै किसिमको गुनासो थियो । अनुगमनका क्रममा डाँछीका स्थानीय सरकारी टोलीमाथि नै खनिए । पछिल्लो ६ महिनामा सडक निर्माणमा निकै प्रगति भएको भनेपछि स्थानीय रिपुमर्दन थापा आक्रोशित बन्दै पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल उभिएको ठाउँमा पुग्नुभयो । थापा निकै रिसाएको देखेपछि पुर्वप्रधानमन्त्री नेपाल भीडबाट फुत्त निस्किएर गाडीमा चढ्नुभयो । वि.सं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । यसअघि यातायात मन्त्री नियुक्त भएपछि रघुवीर महासेठ पनि पुर्वप्रधानमन्त्री नेपालकै साथमा सडकमा अनुगमन गर्न पुग्नुभएको थियो । उहाँले ६ महिनाभित्रै सकड कालोपत्रे गर्ने प्रतिवद्धता गर्नुभएको थियो । तर २० महिनापछि मन्त्रीबाट बर्खास्त हुँदा पनि सडकको हालत उस्तै छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here