राैतहट ।। मौलापुर नगरपालिकाका उपप्रमुख गौरी शंकर प्रसाद जैसवालले आफ्नो अधिकारको दुरूपयोग गर्दै द्वन्द सृजना गराउने प्रयास गरिरहेको रहस्य खुलेको छ !
गाउँकै विद्यालयमा राजनितिक स्वार्थ पूर्ति गर्नको लागि उपप्रमुख साहले अधिकार भन्दा बाहिर गएर कार्य गरेको हो ! विद्यालय व्यवस्थापन गठनको विबादमा उपप्रमुख जैस्वालले शिक्षा शाखाको संयोजक गर्ने कार्य गरेको छ ! ज्ञापन पत्र दिन गएका अभिभावकहरुले स्थगितको विषयमा जानकारी लिन खोजे पछि रहस्य खुलेको हो !
उपप्रमुख जैस्वालले मङ्सिर ११ गतेका दिन विद्यालयको नाउमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने उदेश्यले कार्तिक ३० गते बोलाइएको अभिभावक भेलामा विबाद सृजना भएकोले १ महीना भित्रमा अभिभावक परिचय पत्र बनाई नगरपालिका बाट रुजू समेत गराई भेला गर्ने र व्यवस्थापन समिति गठन गर्ने उदेश्यले कुनै बैठक भेला नगराउने निर्देशन सहित पत्राचार गरेको छ !
चलानी नम्बर ३८६ को पत्रको प्रदर्शनकारीले जिकिर गरे पछि उपप्रमुख को कार्यको पर्दाफास भएको हो ! भेला स्थगित गर्ने पत्रको विषयमा कुनै जानकारी नरहेको प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र साहले बताएका छन ! बैठक रोकने निर्देशन दिएको उपप्रमुख जैस्वालले स्वीकार गरेको छ ! शिक्षाको विषयमा ठाडो हस्तक्षेप गर्ने उपप्रमुखले पाउने भनी संचारकर्मीहरुले सोधेको प्रश्नमा प्रमुख प्रसाशकीय अधिकृत साह अलमलिएका थिए !