सर्लाही ।। सर्लाहीमा दुई प्रहरी घुस सहित पक्राउ परेका छन् । ब्रहम्पुरी गाँउपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक(सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोज कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोललिे ५० हजार घुस सहित प्रकाउ गरेका छन् । भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेकासँग घुस रकम लिएको अवस्थामा रकम सहित सिहं र यादव रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत उनीहरूले भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउँदै गरेकासँग घुस रकम लिँदै गरेको सूचना पाएपछि रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौ पठाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here