फिनल्यान्ड । फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् ।

सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मारिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन् । ३४ वर्षीया सान्नाले यसै साता प्रधानमन्त्रीको शपथ लिने सम्भावना छ । उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दै छिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो । 
श्राेत ः बीबीसी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here