काठमाडौं ।। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज विभिन्न १५ विधाका खेल हुँदैछन् । काठमाडौं र पोखरामा हुने आजको खेलमा एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ भने अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । अर्को खेलमा बंगलादेशले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् । महिला फुटबलतर्फ पनि दुई खेल हुँदछ । पोखरा रंगशालामा बिहान १० बजे सुरु हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । साग अन्तर्गत आज महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुँदैछ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दिउँसो ४ बजे हुने खेलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १ बजे हुने पुरुषतर्फको खेलमा भारत र पाकिस्तानबीच स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै क्रिकेट अन्तर्गत आज नेपालले टेष्ट राष्ट्र श्रीलंकाको २३ वर्ष मुनिको टिमसँग खेल्दै छ भने पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । उसुका खेलहरु आजैबाछ सुरु हुँदैछ । आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट सुरु हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । सुटिङका खेलहरु पनि आजबाट सुरु हुँदैछ । तेक्वान्दोमा आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ । आज एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्ने भएको हो । खो खोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् । करातेमा आजपनि विभिन्न पदकको लागि खेल हुनेछ । पोखरामा हुने ब्याडमिन्टनतर्फका खेल हुँदैछ । गल्फको खेल आज बिहान १० बजेबाट सुरु हुँदैछ । टेबल टेनिस र टेनिस, ट्रायथलन, साइक्लिङ लगायतका खेल पनि आज हुने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here