एजेन्सी ।। बलिउड सुपरस्टर अभिनेता अमिताभ बच्चनले स्वास्थय अवस्थाको कारणले फिल्म क्षेत्रबाट ‘रिटायर’ हुने संकेत दिएका हुन् ।सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’बाट बलिउडमा पाइला टेकेका अमिताभले हालसम्म धेरै फिल्महरु खेलिसकेका छन् । उनको उमेर जती बढे पनि उनले अहिलेसम्म फिल्म खेल्न भने छोडेका छैनन् ।
तर पछिल्लो समय भने उनको एक नयाँ खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार उनी अब फिल्म क्षेत्रबाट ‘रिटायर’ हुने सोचमा छन् । उनले स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट ‘रिटायर’ हुने संकेत दिएको बतायएको छ । उनले लेखेको ब्लगबाट धेरैले उनी ‘रिटायर हुने सोचमा रहेको बुझेका छन् ।
उनले ब्लगमा लेखेका छन् ‘म अब रिटाएर हुनुपर्छ। दिमागले अर्कै सोचिरहेको छ भने औँलाले अर्कै, यो सब इशारा नै हो।’ पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आइरहने गरेको छ । केहि समयअघि पनि अस्पताल भर्ना भएका अमिताभले आराम पछि ‘कौन बनेगा करोडपति’ चलाउन थाले तर अब भने उनी यी सबै बाट टाटा रहने सोचमा छन् । अहिले भने उनी फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमाब्यस्त छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here