रौतहट ।। रौतहट जिल्लामा गरिएको नक्क्ली शहीद घोषणाले जनता , राष्ट्र , लोकतन्त्र , प्रजातन्त्र , संघीयता , गणतन्त्र लगायत आफ्नो हक़ अधिकारको लागि भएको संघर्षमा जीवनको आहुति दिने वीर अमर शहीदको पवित्र भावनालाइ कलंकित बनाएको छ !

१६ वर्ष पछि खुलेको नकली शहीदको पोलले बास्तविक शहीदको भावनामा ठूलो आघात पुर्याएको विश्लेषण गर्न थालिएको छ ! आन्दोलनमा ज्यान गुमाउनेलाइ तथा सिमा रक्षाको क्रममा छातीमा गोली खानेलाइ शहीद घोषणा गर्न आनाकानी गर्ने सरकारले अंडकोष सहित लिंग काटिएर हत्या गरिएको व्यक्तिलाइ शहीद घोषणा गरेर सरकारले शहीद प्रतीकों सम्मानमा आघात पुर्याएको वुद्धिजीवीहरुको तर्क रहेको छ ! २०६० सालको फाल्गुन पूर्णिमा तराई होलीको विहान गाउ देखि दक्षिण तर्फ मसूरी बाली भएको खेतमा मृत अवस्थामा फेला परेका रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ का उमेश महतो नुनियालाइ तत्कालीन नेकपा माओवादीको कार्यकर्त्ता भएको भन्दै फरक मितिमा अज्ञात समूहले हत्या गरेको झूठो विबरण पेश गरी शहीद घोषणा गराएको र सरकारबाट शहीद परिवारलाइ मिल्ने क्षतिपूर्ति को रकम १६ वर्ष पछि ५ लाख रकम लिए पछि सो नक्क्ली शहीदको रहस्य खुलेको हो ! २०६० साल फाल्गुन होलीका दिन हत्या गरिएको उमेश महतोले अहिले सम्म जिउदै व्यक्ति सराह आय आर्जन गरिरहेका छन !

राजदेवी नगरपालिका ७ नम्बर वड़ा कार्यालयले गरेको सिफारिश र शान्ति मंत्रालयको तथ्यांक अनुसार तेस्रो पटक ५ लाख रुपैया २०७६ साल आषाढ़ १५ गते महतोको आमा श्रीपति देवीले दिएको निबेदनको आधारमा भुक्तानी दिएको जिल्ला प्रशासन कार्यालयको लेखपाल संजय झाको कथन रहेको छ ! लेखपाल झा को कथन आफ्नो ठाउमा जायज रहेपनि २०६० साल बैशाख १ गते अज्ञात समूह द्वारा मारिएका महतो २०६० साल फाल्गुन होलीको राति कसरी मर्यो भनी ठूलो प्रश्न उवजेको छ , जव २०६० बैशाख १ मा मारिएको महतोको हत्याको आरोप गाउ कै ७ जना माथि महतोको ठूलो दाई पनीलाल महतोले कीटाणी जाहेरी दरखास्त किन दियो ? त्यों दिन मृत अवस्थामा भेटिएको शव उमेश महतोको थिए की थिएन ? प्रहरीको घटना मुचुल्का , शव परिक्षण प्रतिबेदन कस्को थियो ? भन्ने जस्ता गंभीर र विचारणीय प्रश्न उठेको हो ! जून मिति समयमा महतोलाइ ७ जनाले मिलेर हत्या गरेको भनी गरिएको दावी शान्ति मंत्रालयको तथ्यांक बाट मिथ्या पुस्टि भैरहेको छ किन भने त्यों मिति भन्दा आगावै नै महतोको मृत्यु भई सकेको रहे छ ! बैशाखमा मरेको महतो फाल्गुनमा कसरी मर्यो भने विषय छानविनको विषय बनेको छ ! महतोको ठूलो दाई हरिवंश महतोले भरेको मृत्यु दर्ता प्रमाणको निवेदनमा उमेश महतोको मृत्यु २०६० साल चैत्र १५ गते भएको आधारमा तत्कालीन गाउ विकास समितिको कार्यालय मुड़वालावाका पंचिकाअधिकारीले प्रमाणित गरेर बनाएको मृत्यु दर्ता प्रमाण पत्रबाट पुस्टि भैरहेको छ ! महतोको परिवारले आधिकारिक रुपमा चैत्र १५ मा मृत्यु भएको प्रमाणित गए पछि फाल्गुनमा त्यों जीवित रहेको देखिन्छ ! जीवित व्यक्तिको हत्याको आरोप मा तीन जना कारागार कसरी गए ! यो घटना आश्चर्यचकित बनाउने घटना भएको छ ! आर्थिक लाभ लिने उदेश्यले परिवारका सदस्यहरुले आफ्नै भई उमेश महतोलाइ तीन पटक हत्या गराएको छ ! दोस्रो पटक देखाइएको हत्याले ७ जना निर्दोष अभियुक्त बनइयो भने पहिलो र तेस्रो पटकको हत्याको हत्याले सरकार सित ७ लाख रकम ठगी गर्यो ! नेपाल सरकारलाइ झूठो विबरण पेश गरी रकम ठगी गर्ने माथि तत्काल अनुसन्धानको दायरामा ल्याउनु आवश्यक देखिएको छ ! महतो को हत्याको आरोप लागेकाहरु जिल्ला अदालत देखि पुनराबेदन अदालत र सर्वोच्च अदालत सम्म मुद्दा लडेर सफाई निर्दोष सावित भएका छन ! २०५२ देखि जनयुद्ध शुरू गरेका तत्कालीन नेकपा माओवादीको २०६० साल तीर रौतहटमा न्यून प्रभाव रहेको थियो ! महतोलाइ शहीद घोषणा गरिनु पर्ने भनी निवेदन दिएका हरिवंश महतोको आफ्नो कालगति ले मृत्यु भइसकेकोले सरकारको रकम बुझेका आमा श्रीपति देवी र दाजु पनीलाल महतो , तत्कालीन शान्ति समितिका जिल्ला संयोजक समेत माथि छानविन गरी सरकारको रकम ठगी दुरूपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरी कानून अनुसार कार्यवाही गरी लिएको रकम सरकारलाइ पुनः फिरता गराउनु पर्ने अवस्था रहेको छ ! झूठा आरोप खेपेकाहरुले शहीद घोषणा रद गरी कार्यवाही गर्नु पर्ने मांग समेत गरेका छन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here