काठमाडौं ।। गयक तथा संगीतकार अनु मलिक एक पटक फेरि रियालिटी शो इन्डियन आइडलबाट हटाइएको छ । अनु मलिकमाथि कैयौँ कहिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो । अनु मलिकको ठाउँमा जजको भूमिकाका लागि को आउने छन् त्यसको कुनै जानकारी दिइएको छैन । बिहीबार गायिका सोना महापात्राले महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीलाई एक सार्वजनिक पत्र लेखेर यो घटनामा हस्तक्षेपको अपील गरेकी थिइन् ।

त्यसपछि राष्ट्रिय महिला आयोगले सोनी टेलिभिजनसँग स्पष्टीकरण सोधेको थियो । सोना महापात्राले सार्वजनिक पत्रमा अनु मलिक जस्ता व्यक्तिहरुलाई स्थान दिइएको भन्दै त्यसको विरोध जनाएकी थिइन् ।
सोना महापात्रा, नेहा भसीन तथा श्वेता पण्डित लगायतले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि उनलाई शोबाट निकालिएको थियो । तर फेरि इण्डियन आइडलको जज बनाएको भन्दै उनको चर्को आलोचना भइरहेको थियो । ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here