काठमाडौं ।। सरकारले युवाका लागि सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने भएको छ । फरक फरक मन्त्रालयले युवाका लागि आआफ्नै ढङ्गले कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम दोहोरिने र सोचेअनुरुप प्रतिफल नआउने भन्दै युवा तथा खेलकुद मन्त्रालयले यसका लागि समन्वय गरिरहेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले बताउनुभयो । मन्त्रालयहरुबीचको समन्वययका लागि सम्बन्धित मन्त्रालयमा युथ फोकल पर्सन तोकिएको र उनीहरुको नियमित बैठकका साथै योजना शाखाका सह सचिव र सचिवहरु बीच पनि बैठकहरु आयोजना गरिएको न्यौपानेले जानकारी दिनुभयो । हरेक मन्त्रालयले सञ्चालन गरेका युवाका कार्यक्रमको प्रगति विवरण पनि माग गरि अध्ययन गर्ने गरेको उहाँले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।