काठमाडौं ।। बालअधिकार महासन्धी १९८९ संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भइ जारि भएको दिन नोभेम्बर २० अर्थात् आज अन्तराष्ट्रिय बाल अधिकार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइदै छ । प्रत्येक बालबालिकालाई हरेक अधिकार भन्ने नाराकासाथ यो दिवस मनाउन लागिएको हो । दिवस मनाइरहँदा नेपालमा भने बालबालिका सम्बन्धी ऐन, २०७५ आएको एकवर्ष बितिसक्दा समेत नियमावली बन्न सकेको छैन । जसका कारण ऐन कार्यान्वयनमा आउन सकेको छैन । नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत अर्थात् एक करोड भन्दा बढी १८ वर्ष मुनिका बालबालिका छन् । उनिहरुको हक अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपुर्ती गर्नका लागि ल्याइएको बालबालिका सम्बन्धी ऐन, २०७५ राष्ट्रपतिबाट गतवर्ष असोज २ गते प्रमाणित भएपनि अझै नियमावली आएको छैन । नियमावली नआउनु बालअधिकारको हनन् भएको बालबालिका शान्तिक्षेत्र अभियान नेपालका कार्यकारी निर्देशक मधु दुवाडी बताउनुहुन्छ । ऐनलाई कार्यान्वयन गर्नकै लागि बनेको राष्ट्रिय बालअधिकार परिषद् पनि लामो समयदेखी पदाधिकारी बिहिन छ । जसका कारण परिषद्ले अपेक्षा गरे अनुसार बालबालिकाको क्षेत्रमा काम गर्न सकिरहेको छैन । आफूहरुले नियमावली बनाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइसकेको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालको भनाइ छ । ऐनमा बालबालिकालाई बाबुआमा वा संरक्षकबाट अलग गर्नुपर्दा, बाबुआमाको सम्बन्ध विच्छेद भइ छोराछोरीको हेरचाह र पालनपोषण कसले गर्ने भन्ने निर्णय तोकिए बमोजिम हुने भनिएको छ । यसमा भनिएको तोकिए बमोजिमको व्यवस्था नियमावलीमा उल्लेख हुनेछ । यस्ता धेरै बुँदा कार्यान्वयनमा आउन नियमावली कुनुपर्ने अवस्था छ । राष्ट्रिय बाल अधिकार परिषद्बाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुगेको नियमावली किन थन्किएको ? मन्त्री थममाया थापा अबको एक हप्ताभित्र यो विषय टुंगो लागिसक्ने बताउनुहुन्छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि तत्काल बालबालिका सम्बन्धी ऐनलाई कार्यान्वयन गराउनका लागि निवमावली ल्याउन सरकारलाई निर्देशन दिएको छ । आयोगका सदस्य मोहना अन्सारी बालबालिकाको अधिकारका विषयमा सरकारले हेलचेत्र्याइ गरेको टिप्पणी गर्नुहुन्छ । ८७ वटा दफा समेटिएको बालबालिका सम्बन्धी ऐन २०७५ का अधिकांश दफामा तोकिए बमोजित हुने भनिएको छ । यी सबै व्यवस्था नियमावली बिना सम्भव छैन ।
आज अन्तराष्ट्रिय बाल अधिकार दिवस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।