हुम्ला ।। हुम्लामा पहिलो पटक एक विद्यालयमा छात्राहरुका लागि स्वचालित सेनेटरी प्याड उपलब्ध गराउने मेसिनको जडान गरिएको छ । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा पहिलो पटक छात्राका लागी सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन जडान गरिएको हो । सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा हिजो बालमन्दिर माविमा एक कार्यक्रमका विच सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन प्रयोगमा आएकोे छ ।सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान भएसँग किशोरीहरु महिनावारीको समयमा विद्यालय नआउने समस्याको समाधान हुने सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले सीआईनलाई जानकारी दिनुभयो । गाउँपालिकाले आफ्ना वडामा रहेको अन्य सातवटा माध्यामिक विद्यालयमा पनि स्वचालित सेनेटरी प्याडको मेसिन नि ः शुल्क वितरण गर्ने योजना बनाएको छ । पालिकाले एक मेसिनको एक लाख ६० हजारका दरले खरिद गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here