काठमाडौं ।। नक्कली बिल बनाएर राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । दुइवटा फर्म र तीनजना व्यक्ति विरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छलेको भन्दै विभागले अदालतमा मुदा दायर गरेको हो । उनीहरुले एक करोड ७४ लाख २१ हजार कर छली गरेको आरोप लागेको विभागका महानिर्देशक दीर्घराज मैनालीले सीआइएनसँग बताउनुभयो । अम्बेल इन्टरप्राइजेजका प्रोपाइटर विनिता दुवाडीले एक करोड २८ लाख ७६ हजार राजस्व छली गरेको खुलेको छ । गोरखा हंसपुर गाविसको स्थायी बासिन्दा दुवाडीले नक्कली मूल्य अभिवृद्धिकर मात्र खरिद गरी राजस्व चुहावट गरेको देखिएको छ । साकम्बरीका प्रोपाइटर मुकेश शर्मा, सुपरभाइजर विष्णु प्रसाद खरेल, एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका सिताराम शर्मा र सावारीधनी आशिष शर्माको मिलेमतोमा राजस्व छली गरेको आरोप छ । उनीहरुले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजस्व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here