राैतहट ।। राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनु भन्दा पूर्व रौतहटमा पार्टी भित्रै चरम विबाद चूलिएका छन ! मङ्सिर ३ गते जिल्ला अधिवेशन गर्ने गरी केन्द्रीय कार्य समितिले सर्कुलेशन जारी गरे पनि जिल्लामा पार्टीका नेताहरु विच आरोप प्रत्यारोप हुने कार्य शुरू भइसकेको छ !

प्रतिनिधि सभा सदस्य , प्रदेश सभा सदस्य र स्थानीय सरकार प्रमुख तीन भागमा आफ्नो आफ्नो अड़ान लिएर अघि बढ़ने गरेकोले छाताको ६ कमान तीन भागमा छीनिने सम्भावना बढेर गएको हो ! राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य एवं रौताहाट निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद अनिल कुमार झाले आफ्नो घरमा बसेर पार्टीका सक्रीय कार्यकर्त्ता ,बरिष्ठ जिल्ला उपाध्यक्ष समेतलाइ बाईपास गरी आफ्नो आसेपासेलाइ जिल्ला अधिवेशन प्रतिनिधि बनाएको आरोप प्रदेश सभा सदस्य बाबूलाल साह समर्थक राजपाका ४ जना नेताले आरोप लगाएका छन !

प्रदेश सांसद साह , निवर्तमान जिल्ला संयोजक गीता कुशवाहा , पूर्व जिल्ला संयोजक राम प्रवेश दास र केन्द्रीय सदस्य योगेन्द्र प्रसाद यादवले प्रतिनिधि छनौटमा केन्द्रीय पर्यवेक्षकले एक पक्षीय कार्य गरेकोले जिल्ला अधिवेशनको प्रक्रिया अगाडी न बढाउन केन्द्रीय कार्य समिति सित लिखित रुपमा आग्रह समेत गरेका छन ! संघीय सांसद झाको टीमले लीला साहको जिल्ला अध्यक्षको उम्मीदवार बनाउने सोचले निर्वाचनको कार्य क्रम मङ्सिर तीन गते मंगलवार निर्धारण गरेका छ !

गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता र प्रवक्ता एवं वड़ा नम्बर ६ का वड़ा अध्यक्ष शेख जमशैद एक ठाउ मा रहेको बुझिएको छ ! सांसद झाले क्षेत्रीय कार्य समिति विधान समत भएको दावी गरेको छन भने असंतुस्ट पक्ष गीता कुशवाहा ,रामप्रवेश दासले विधान विपरीत रहेको भन्दै बदर गर्नु पर्ने मांग गरेका छन ! असंतुस्ट पक्षले लगाएको आरोप सांसद झाले लीला साह लाइ उमेदवार बनाएमा प्रमाणित हुने तथा न बनाएमा मिथ्या सावित हुने नेताहरुको भनाइ रहेको छ !

राजपा नेपालका सह महासचिव अनिल कुमार सिंह ले विबाद आधारहीन भएको बताएका छन ! पार्टीले तोकेको समय कार्तिक २८ गते सम्म कुनै अवरोध नगर्ने पार्टीका नेताहरु जिल्ला अधिवेशनको कार्यक्रम ३० गते देखि अगाडी बढेपछि विबाद सृजना गर्नु उचित नभएको बताएका छन ! उनले आतंरिक विबाद भएकोले सहमति हुने दावी गरे ! जिल्ला अधिवेशनको दुइ वड़ा निर्वाचन कार्यक्रम समेत प्रकाशित गरिएको छ ! एउटा समूहले दिउँसो साढ़े १२ बजे देखि कार्यक्रम तय गरेको छ भने अर्को पक्षले साढ़े ११ बजे देखि रामजानकी धर्मशालामा जिल्ला अधिवेशनको कार्यक्रम तोकेको छ !

मुलुकमा मधेशीको समस्य जस्ताको त्यस्तै भएको अवस्थामा मधेशी जनजाति आदिवासी , मुस्लिम ,पिछडिएकाका बर्गको उत्थानको मुद्दा लिएर अगाडी बढिरहेको राजपा नेपाल आफ्नै पार्टी भित्र नाताबाद ,परिवारबादको खेलमा उल्झेका छन ! स्वार्थमा राजनितिक गर्ने दलका नेताहरुको यस्तो रवैयाबाट जनता आक्रोशित समेत हुने अवस्थाको सृजना हुने सर्वसाधारणले विश्लेषण समेत गर्न तहलका छन !

गढ़ीमाई नगरपालिकामा मानसी १४ गते एक पद वड़ा अध्यक्षको लागि हुने उपनिर्वाचनमा समेत राजपाका उमेदवार रहेको बेला आन्तरिक विबादले उपनिर्वाचनमा पार्टीका उम्मीदवार माथि असर पर्न सकिने सम्भावना बढेर गएको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here