एजेन्सी ।। भारतमा शारद ए बोबडेले ४७ औँ प्रधानन्यायाधीशको रुपमा पदको शपथ लिएका छन् । उनले आज सोमबार बिहान राष्ट्रपति भवनमा आयोजीत कार्यक्रममा उनले राष्ट्रपति रामनाथ कोविन्द समक्ष सपथ ग्रहण गरेका हुन् । ६३ वर्षिय बोबडेले अंग्रेजी भाषामा शपथ लिएका थिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति एम वेन्कैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत उपस्थित थिए। ३ अक्टोबर २०१८ मा कार्यभार सम्हालेका भरतका ४६ औं प्रधानन्यायाधीश रञ्जन गोगाईले आइतबार अवकाश लिएका थिए। उनले १८ अक्टोबरमा आफ्नो उत्तराधिकारीको रुपमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश बोबडेलाई प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेका थिए। बोबडे १८ महिनापछि २३ अप्रिल २०२१मा सेवानिवृत हुने छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here