काठमाडौं ।। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको एकवर्ष पुग्दैछ । तर यो अवधीमा सामाजिक सुरक्षा योजनामा, रोजगारदाता र श्रमिकको उत्साहजनक सहभागिता देखिएको छैन । मुलुककै सबैभन्दा ठुलो पाँचतारे होटल सोल्टीमा स्थायी, करार र तामिल लिंदै गरेका सहित सात सय भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । ठुला गोष्ठी सेमिनार लगायत सरकारी कार्यक्रम भईरहने, सोल्टी होटल बल्लतल्ल सामाजिक सुरक्षा योजनामा सहभागी भएको छ । होटलको मानव शंशाधन प्रमूख चुणामणी पराजुलीले मजदुर र कर्मचारी अझै यो योजनामा आबद्ध नभएको बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेपछि कर्मचारी र मजदुरहरुले ऋण लिन पाउन सक्ने व्यवस्था नगरेको हुनाले समस्या भएको उहाँ बताउनुहन्छ । लक्ष्मी ग्रुप अफ कम्पनीमा पनि करिब दुई हजार कर्मचारी छन् । यो कम्पनी पनि केहि दिनअघि मात्र सामाजिक सुरक्षा योजनामा जोडिएको छ । तर श्रमिकलाई अझै सामाजिक सुरक्षा योजनामा आवद्ध गराएको छैन । नयाँ योजना र धेरै रकम जम्मा गर्नुपर्ने भएकाले बिस्तारै योगदान गर्दै जाने सुजल डेरीका व्यवस्थापक दशरथ सिलवालको भनाइ छ । अहिलेसम्म १० हजार रोजगारदाता योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन् भने एक लाख १० हजार श्रमिक आवद्ध भएका छन् । जसमध्ये १० हजार श्रमिकबाट १४ करोड योगदान रकम कोषमा जम्मा भइसकेको छ । अबको १० दिनमा योगदान गर्ने श्रमिकको सङ्ख्या तीन लाख पुग्ने कोषको अपेक्षा छ । सामाजिक सुरक्षा कोषले मंसिर १४ गतेसम्म रोजगारदाताले सूचिकृत हुने समयावधी दिएको छ । तर रोजगारदाता भने विभिन्न बहानामा सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आनाकानी गरिरहक्ेका छन् । त्यस्ता रोजगारदाता कारबाहीको दायरामा आउने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो । उहाँले ऐनले गरेको व्यवस्था भएका कारण सबैजना सामाजिक सुरक्षा योजनाको दायरामा आउने र नआए कानून अनुसार कारबाही गरिने बताउनुभयो । सरकारले एक वर्षअघि गरेको राष्ट्रिय आर्थिक सर्वेक्षण अनुसार देशभरमा नौ लाखभन्दा बढी रोजगारदाता कम्पनी तथा प्रतिष्ठान छन् । जहाँ ३२ लाख २८ हजार चार सय ५७ कर्मचारी तथा श्रमिक काम गरिरहेका छन् ।
सामाजिक सुरक्षा योजनामा, रोजगारदाता र श्रमिकको उत्साहजनक सहभागिता देखिएन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।