file photo

मुगु ।। मुगुका बिभिन्न गाउँबस्ती बाट पढाईको प्रलोभनमा पारी काठमाडौ लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ ।

पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्था बाट मुगुका ११ जना बालबालीको उद्धार गरिएको हो ।

राष्ट्रिय बाल अधिकार परिषद, महानगरीय प्रहरी, बालबालीका खोजतलास समन्वय केन्द्र लगायतको पहलमा गएको असोज १६ गते मुगुका ११ जना बालबालीकाको उद्धार गरिएको थियो । उद्धार गरिएका ११ जना बालबालिका मध्ये साझा सवालका लागी साझा मञ्च (कोकन) को पहलमा ९ जना बालबालिकालाई परिवारमा पुर्नस्थापाना गराई परिवारको जिम्मा लगाईएको छ ।

बाँकी २ जना बालबालिकाको बुवा आमा पत्ता नलागेकाले साझा सवालका लागी साझा मञ्च (कोकन) को जिम्मामा काड्माडौ राखीएको साझा सवालका लागी साझा मञ्च (कोकन) का कार्यकारी निर्देशक केशव घिमिरेले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here