गण्डकी प्रदेशले कृषिमा दिने अनुदानको दुरुपयोग हुन नदिन किसानकै घरमा पुगेर अनुगमन सुरु गरेको छ । कृषि क्षेत्रमा प्रदेश सरकारले दिने अनुदानको रकम दुरुपयोग हुने क्रम बढेपछि सरकारले त्यसलाई व्यवस्थित बनाउन अनुगमन सुरु गरेको दावी गरेको हो । कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले ५० प्रतिशत र कृषिजन्य वस्तु संकलन, भण्डारण लगायतका संरचना निर्माणका लागि ७० प्रतिशतसम्म अनुदान दिने गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सीआईएनलाई बताउनुभयो । उहाँले स्याउमा पनि आत्मनिर्भर बन्न प्रदेश सरकारले ५० हजार विरुमा विभिन्न जिल्लाका लागि खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here