नवलपरासी पश्चिम ।। स्वतन्त्र राजनीतिक समूहले नवलपरासी पश्चिमको परासीमा जिल्ला सम्पर्क कार्यालयको स्थापना गरेको छ । उक्त समूहका राष्ट्रिय संयोजक एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले एक कार्यक्रमको बिच उद्धघाटन गर्नु भएको हो ।
तराई मधेशका जनतालाई शोषण उत्पीडन विभेद र असमानताबाट मुक्त गरेर न्याय समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी रहेको त्रिपाठीले बताउनुभयो । हामीहरु संविधान कार्यन्यवन क्रममा देश र जनताको आवश्यकता अनुसार परिमार्जन र बिकास गर्दै जान तराई मधेशका साथै अन्य समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखि समृद्धको लागि सहकार्य गर्नका लागि सहमत भएको बताउनु भयो ।
स्वतन्त्र राजनीतिक समूह कुनै राजनीतिक दल होइन । भदौ २४ गते काठमाडौंमा बसेको एउटा बैठकले यसलाई थप बिकसित, परिमार्जित र संगठित गर्ने निर्णय गरिएको थियो । यसै क्रममा काठमाडौंमा पनि सम्पर्क कार्यालय स्थापित गरिएको छ । जिल्ला जिल्लामा स्थापित हुँदै गएको र संगठनको कार्य अगाडि बढाउदै गएको त्रिपाठीले बताएका हुन ।
किसान एउटा यस्तो समूह हो जसको राज्यको नितिमा प्रतिनिधित्व हुन सकेको छैनन् र राजनीतिक दलहरूले पनि प्रतिनिधित्व गराउन सकेन । हरेक उत्पादन कर्याकर्ताले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्छ किसान बहेक, त्रिपाठीले भने किसानले उत्पादन, लगात, मेहनत गर्छ तर उसले आफ्नै उत्पादनको मूल्यको निर्धारण गर्न पाउदैनन् बिचौलियाले गर्छ ।
संविधान कार्यन्यवन गर्नको लागि संशोधन अावश्यक रहेको छ ।संविधान आफैमा जोखिममा पर्ने स्थितिमा छ । संबिधान जोखिममा पर्यो भन्ने राजनीतिक एक ढंगले दुर्घटनामा जान सक्नेछ । वर्तमान नेकपा र सरकारको सफलता र बिफलताले यो प्रणालीको सफलता र विफलतालाई निर्धारित गर्ने नेता त्रिपाठीको भनेका थिए ।
सो कार्यक्रममा नेता त्रिपाठीले समाजमा व्यापक विभेद भ्रष्टचार र किसानको समस्या निवारण गर्ने अभियानका साथ अगाडी बढि रहेको छ । र यी मुद्दामा सहमति जनाउने दलसँग एकता हुने अन्यथा समूहलाई राजनीतिक दलको रुपमा स्थापित हुन सक्ने जानकारी दिनुभयो छ ।
कालापानी र लिपुलेक नेपालको भूमि हो यसमा कुनै दुईमत छैन । परराष्ट्र मन्त्री परराष्ट्र शीत र प्रधानमन्त्री भारतको प्रधानमन्त्री बीच उच्चस्तरीय कुटनैतिक तरिकाले समाधान गर्नुपर्ने त्रिपाठीले बताउनुभयो ।
सिमा विवाद आजको समस्या पनि होईन, ४ दशक भन्दा अगाडी देखि सिमा विवाद चलिरहेको छ । भारत बंगलादेश बिच पनि सिमा विवाद छलफलमा सल्टाईएको उदाहारण दिँदै उहाँले कुटनितिक तरिकाले नेपाल भारत बिचको पनि सिमा विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
राधेरमण पाण्डेको जिल्ला संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको २३ सदस्यसीय कार्य समितिको गठन गरिएको छ ।
उक्त कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, पूर्व राज्यमन्त्री घनश्याम यादव समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव राजपा नेपालको केन्द्रीय सदस्य पूरन चौधरी नागरिक समाजको अध्यक्ष कैलाश ठाकुर लगायतको सहभागिता रहेको थियो ।