रौतहट ।। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरमा बिगत २ साल देखि लाग्दै आइरहेको महाबिरी झणडा मेलामा हुँदै गरेको कुस्ती प्रतियोगिताले रौतहट जिल्लामै नै इतिहास रचेको छ।

२ साल देखि लाग्दै गरेको सितलपुर मेलाको मुख्य आकर्षक भनेर कुस्ती प्रतियोगिता नै मानिन्छ ।कुस्ती प्रतियोगिता हेर्नको लागि नेपाल देखि लिएर भारतको घोडासाहन देखि हजारौं दर्शकहरु आउने गरेका छन।बुधबार देखि सुरु भएको कुस्ती प्रतियोगितामा बुधबार स्थानिय पहलवानहरुले आफ्नो प्रदर्शन देखाएको थियो। भने बिहिवार देश बिदेश बाट आएका चर्चित पहलवानहरु लडाइ गरेको छ।नेपालको चर्चित पहलवान पहलाद दास, देवा थापा, वसन्त थापा लागाएत भारतको बानारस राज्यको चर्चित पहलवानहरु आज लडाइमा भिडेको थियो।

पहलवानहरुको हौसला बढाउनको लागि फतुवा बिजयपुर नगरपालिकाको मेयर गोपाल राय यादव र २ न वडाको अध्यक्ष भबिक्षन यादव, चर्चित यूवा नेता ज्ञानेन्द्र यादव , बिध्यानन्द राय यादव समेत उपस्थित रहेर शान्ती पुर्न तरिकाले कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।लगभग २० हजार दर्शकहरूको उपस्तिथि मा बिहिवार मेला भब्य रुपमा सम्पन्न भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here