काठमाडाैं ।। नेपाली काँग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको टुङ्गो लगाउने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लागउने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । पदाधिकारी बैठक बिहान ९ बजे बोलाइएको छ । गत आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको काँग्रेस बैठक स्थगित भएको थियो । पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिँदै बैठक स्थगित भएको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यसहित प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तहका गरी जनप्रतिनिधिविहीन ५२ स्थानमा निर्वाचन हुँदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here