रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रम विच विद्यालयमा कक्षा ८ मा अध्यनरत बालिकाहरुलाई मुख्यमंत्री बेटी बचाऊ बेटी पढ़ाउ अभियान अन्तर्गत साइकल वितरण गरिएको छ ।
प्रदेश सरकारको सहयोग तथा विद्यालयको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा कक्षा ८ का ३२ जना छात्राहरुलाई प्रमुख अतिथि पूर्व सभासद श्रीमती रम्भा देवी यादवले साइकल हस्तानान्तरण गरेका हुन ।
कार्यक्रमको सम्वोधन गर्दै पूर्व संविधान सभा सदस्य यादवले अभिभावकहरुले छोरीहरुलाई नियमित रुपमा विद्यालय पठाउनु पर्ने जोड़ दिएका छन । शिक्षामा बालिकाहरुको सहज पहुंच हुने उदेश्यले सञ्चालन गरेको बेटी बचाऊ बेटी पढ़ाउ अभियानले बालिकाहरु नियमित रुपमा विद्यालय आउने विश्वस व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले विद्यालय नमूना विद्यालयको रुपमा स्थापित भएकोले गाउका सवै छोरीहरु शिक्षा हासिल गर्न सकिने सहज भएको बताएका छन । बदलिदो परिवेश र आधुनिक युगमा शिक्षाको महत्त्व बढेकोले शिक्षा नभए समाज , राष्ट्र शिक्षित हुन नसक्ने उल्लेख गरे ।
उनले करोड़ोको लगानी लगाएर विद्यालयको भौतिक पूर्वाधारमा सुधार गरिएकोले स्तरीय शिक्षा हासिल गर्न सकिने बताए । प्राविधिक शिक्षा अध्यन गर्ने बालिकाहरुको विद्यालयमा सुरक्षित रुपमा ल्याउने र घर पुर्याउने उदेश्यले विद्यालयको आतंरिक आय बाट १५ लाख मा स्कुल बस खरीद गरेको जनाए ।
शिक्षक पेशाबाट अवकाश प्राप्त समेत गरेका यादवले छोरीहरुको शिक्षाको विषयमा भावुक बन्दै सवैले आफ्नो छोरा र छोरीहरुलाई शिक्षा दीक्षा दिनु पर्ने जोड़ दिए । महिला शिक्षित भाएक घर गाउ समाज शिक्षित हुने धरना राख्दै अध्यक्ष यादवले नियमित रुपमा विद्यालय पठाउन अपील गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविशंकर यादवले साइकल वितरणले बालिकाहरुको शिक्षामा सहज हुने विश्वास व्यक्त गरे । विद्यालयमा छात्र भन्दा छात्रको संख्या बढ़ी रहेकोले आगामी दिनमा अझ संख्या थप हुन सकिने अपेक्षा जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य , निर्वा्चित जनप्रतिनिधि , नागरिक समाजका अगुवाहरु , संचारकर्मी अभिभावक ,शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ! साइकल पाए पछि छात्राहरु निकै उत्साहित देखिएका थिए ।