काठमाडाै ।। अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१ औँ सम्मेलनमा भाग लिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेड प्रस्थान गर्नुभएको छ । अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी रहनुभएको छ । सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिनाको टोली आइतबार सर्बिया प्रस्थान गरेको हो । नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१ औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ । सम्मेलनमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल लगायत सहभागी हुनुहुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here