तनहुँ।। तनहुँको बन्दिपुर गाउँपालिकामा डेंगुका कारण दुईसय जना प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं. १ का अधिकांश मानिसमा डेंगुको संक्रमण देखिएको छ । वडा नं. १ मा मात्रै करिब २ सय जना भन्दा बढीमा डेंगु संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । बिरामी बढ्न थालेपछि गाउँपालिकाले डेंगु विरुद्ध सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । डेंगु विरुद्ध गरिएको अभियान प्रहरी चौकी डुमे्रबाट सुरु भइ सम्पुर्ण बजारसम्म सरसफाइ गरिएको थियोे । आफ्नो घर आँगनमा पनि सँधै सरसफाइ गर्न र झाडीहरु काटेर सफा गर्न समेत आग्रह गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here