काठमाडाै ।। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपा सचिवालयसँग आज छलफल गर्न लाग्नुभएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुने भेटवार्ता बिहान साढे १० बजेका लागि तय गरिएको छ । होटल सोल्टीमा हुने छलफलमा राष्ट्रपति सीले दक्षिण एसियाको दोस्रो ठूलो कम्युनिष्ट सरकार बनेको नेकपासँग कम्युनिष्ट विचारधारा लगायतका विषयमा छलफल गर्नुहुने नेकपा निकट स्रोतले जनाएको छ । नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले राष्ट्रपतिलाई एक्लै भेट्नुहुनेछ । त्यसपछि राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।