काठमाडाै ।। नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले बताएका छन् । सीको भ्रमणलाई नेपालले दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा हेरेको छ । सीआईएनसँग कुराकानी गर्दै चीन मामिलाका जानकार डा.हिरण्यलाल श्रेष्ठले यो भ्रमणको अवसर पारेर नेपालले आर्थिक रुपमा बलियो हुने बिषयलाई प्राथामिकताका उठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चीनले ल्याएको बेल्ट एण्ड रोडको परियोजनाबाट नेपाल दक्षिण एसिया र चीनको ठूलो ट्रान्जिट मुलुक बन्ने भएकाले यो विषयलाई महत्वका साथ उठाउनुपर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण उपलब्धिमूलक हुने बताउनुभएको छ । उहाँले चिनियाँ लगानी नेपालमा भित्र्याउने र चीनसँगको सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल हुने भन्दै उहाँले केरुङ–काठमाडौं जोड्ने रेलका विषयमा समझदारी हुने सम्भावना रहेको बताउनुभयो । यस्तै, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले चीनसँग ऋण लिएर लगानी गर्नु नेपालका लागि प्रत्युत्पादक हुने भएकाले अनुदानमात्र स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।
चीनसँग आर्थिक लाभ लिन विज्ञहरुको सुझाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।