काठमान्डु ।। विद्युत नियमन आयोगले विद्युत खरिदबिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली २०७६ जारी गरेको छ । विद्युत वितरण गर्ने अनुमति पाएको व्यक्ति वा संस्थाले तीन वर्षको माग र आपूर्तिको अवस्थालाई प्रक्षेपण गरी आयोगलाई बुझाउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

विनियमावलीको विनियम ३ अनुसार विद्युत खरिद तथा प्रक्षेपण गर्दा हरेक आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिभित्र उपभोक्ताहरूको वर्गीकरणसहित ३ वर्षको विद्युत मागको प्रक्षेपण, उपलब्ध हुने विद्युत उत्पादनको प्रक्षेपण तथा विद्युत माग सम्बोधन गर्न अपुग वा बढी हुने विद्युत तथा सोको व्यवस्थापन गर्ने योजना आयोगमा पेस गर्नुपर्नेछ ।

कावु बाहिरको परिस्थिति जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपमा बाहेक अरु अवस्थामा लगातार ३ घन्टाभन्दा बढी विद्युत लाइन काट्नुपरेमा त्यसको पूर्व जानकारी उपभोक्तालाई दिनुपर्ने व्यवस्था गरिएको छ । जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) प्रक्रियामा आयोगले आफ्नो भूमिका बढाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here