काठमान्डु ।।  सुनको मूल्य आज तोलाको ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजाबी सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय कायम भएको महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ६९ हजार २ सय मा खरीद बिक्री भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय निर्धारण भएको छ । हिजो तेजाबी सुन प्रतितोला ६८ हजार ९ सयमा कारोवार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ पुगेको छ ।

Loading...