काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि आगजनी भएको छ। प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ। त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।