रौतहट ।। रौतहटमा बुधबार एक युवकमाथि छुरा प्रहार गरिएको छ । सदरमुकाम गौर नगरपालिका–५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा छुरा प्रहार गरेर करिव २० बर्षीय युवकको हत्या गरिएकाे हाे । गौर नगरपालिका ५ मा चाकु प्रहारबाट हत्या भएका युवकको पहिचान खुलेका छन् । रौतहट यमुनामाई गाउँपालिका ५ का अब्दुल लतिफ मियाको २२ बर्षीय छोरा सहाबुद्दिन मिया रहेको बुझिएका हुन् । उनका काका अब्दुल ओहिदले पहिचान गरेको श्रोतबाट बुझिएका छन् । युवकको हत्या गर्नेलाई रौतहट प्रहरीले तत्कालै नियन्त्रणमा लिन सफल भएको छ ।
युवकलाई चाकु प्रहार गरेर हत्या गर्ने गौर नगरपालिका–३ नन्दु रामका २० बर्षीय छोरा सनोज राम रहेको प्रहरी श्रोतबाट बुझिएको छ । रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताए ।
घटना स्थलबाट वारदातमा प्रयोग भएका चाकु बरामद भएको समेत उनले जानकारी दिए । श्रोतका अनुसार मृतक र चाकु हान्ने राम दुबै जना बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि चाकु हानाहान हुँदा नाम थर वतन नखुलेका युवकको मृत्यु भएको छ भने चाकु प्रहार गर्नेको पनि हात काटिएको बुझिएका छन् ।
रौतहटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।