रौतहट ।। रौतहटमा रहेको स्थानिय तह मध्ये राजदेवी,गरुडा र राजदेवी नगरपालिकाले आज शुक्रवार आफ्‌नो नगर सभा सम्पन्न गरेको छ । राजदेवी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ८५ लाख २१ हजार २ सय १२ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
समुन्नत भौतिक,आर्थिक र समाजिक पुर्वाधार सहित सांस्कृतिक रुपमा मौलिक र उत्कृष्ट नगरपालिका बनाउने उद्धेश्यका साथ शुक्रवार रौतहटको राजदेवी नगरपालिकाको सभाहलमा सम्पन्न नगरपालिकाको नगर सभाको १४औं अधिवेशनबाट आन्तरिक स्रोत, स्थानिय सरकार राजश्व बाँडफाँड, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी ५६ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
सभामा सम्बोधन गर्दै नगर प्रमुख भिखारी प्रसाद यादबले आन्तिरिक आयको बृद्धि गर्दै मानविय तथा भौतिक विकासको पक्षमा ध्यान दिइ आर्थिक विकासको अधार तय गर्ने तर्फ केन्द्रित रहने बताउनु भयो । आमजनतालाई विकासका लाभ उपयोग गर्न सक्षम बनाउदैँ जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको मेयर यादबको भनाइ रहेको थियो ।
नगरपालिकाको १४ औँ अधिवेशनमा नगर प्रमुख भिखारी प्रसाद यादबले अगामी आर्थिक वर्षको लागि आन्तरिक आय र आर्थिक वर्ष ०८१/०८२को अनुमानित मौज्दात गरि १ करोड ४१ लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १० करोड ३२ लाख,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान तर्फ ७१ लख ४३ हजार, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ९ करोड ४० लाख ६ हजार ५ सय ३२ रुपैया, प्रदेश सरकारबाट प्राप्त हुने सवारी कर बाँडफाँड तर्फ अनुमानित ५६ लाख ७१ ह्जार ६ सय ८० रुपैयाको बजेट प्रस्तुत गर्नु भएको छ ।
बजेट प्रस्तुत गर्दै नगर प्रमुख यादवले पालिकाको आवश्यकता, बजेटको अवस्था र प्राथमिकतालाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट तयार पारिएको बताउनुभयो । वहाँले यो बजेटले नगरपालिकाको समग्र विकासमा उल्लेखनीय योगदान पुग्ने भन्दै किसानको खेतमा सिंचाइको पहुँच विस्तारको लागि केषि बोरिंग,कृषि मोटर सहित कृषि विद्युतिकरण कार्यलाइ विशेष जोड दिएको र कृषि मिटर वापतको महसुल नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको बताउनु भयो । साथै युवा स्वरोजगार कार्यक्रम, पशुपालन व्यवसायलाइ थप व्यवस्थित बनाउने,पर्यटन तथा संस्कृति विकास लगायतका निती तथा कार्यक्रमलाइ विशेष प्राथमिक्तामा राखेको बताउनु भयो ।
समृद्ध पालिका निर्माणको लागि शिक्षा,स्वास्थ्य,सडक,पुर्वाधार,कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षको लागि नगरपालिकाको चालु तर्फ १२ करोड ५०लाख ४८ हजार २ सय १२ रुपैया र पुँजीगत तर्फ ९ करोड ९० लाख ७३ हजार विनियोजन गरिएको राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिनु भयो ।
नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ ३० करोड ५ लाख मध्ये चालु तर्फ २१ करोड ९५ लाख तथा पुँजीगत तर्फ ८ करोड १० लाख ,प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ ९५ लाख,नेपाल सरकारबाट प्राप्त हुने सम्पुरक अनुदान ९९ लाख, नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान १ करोड ६५ लाख,प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान तर्फ ३० लाख र प्रदेश सरकारबाट प्राप्त हुने सम्पुरक अनुदान तर्फ २० लाख रहेको राजदेवी नगरपालिकाका लेखाअधिकृत श्रीचन महतोले जानकरी दिनु भयो ।
आजै गरुडा नगरपालिकाले लागि ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँको बजेट अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत गरेको छ । भने माधवनारायण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३को लागि ५३ करोड ३५ लाख ८९ हजारको बजेट विनियोजन गरेको हो ।
यो भन्दा अगाडीे राजपुर नगरपालिकाले आफ्‌नो ९औं नगरसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ५७ करोड ५३ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको थियो भने कटहरिया नगरपालिकाले ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । रौ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here