राकेश कुमार यादव ।। रौतहट ।। स्वर्गीय रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१/२०८२ को घोषणा कार्यक्रम रामा यादव स्मृति प्रतिष्ठान रौतहटको आयोजनामा आइतवार सम्पन्न भएको छ।
स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा कलम चलाउने एक जनालाइ नगद २६ हजार १ रुपैया पुरस्कार दिने उदेश्यले २०७९ सालमा स्थापना गरिएको सो पुरस्कार ४ बर्ष सम्म निरन्तरता दिइएको छ।
रौतहट जिल्लामा पहिले टेलिभिजनको स्थापना गरिने जय रामा मिडिया प्रा ली का सस्थापिका रामा यादवको २०७८ साल बैशाख २८ गते कोभिड संक्रमणको कारण दुखद निधन भए पछि स्वास्थ्य उपचारको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउनु नपरोस भने लक्ष्य सहित स्वास्थ्य क्षेत्र सुधारको लागि पत्रकारिताको माध्यम बाट दवाव सृजना गर्ने एक जना महिला पत्रकारलाइ पुरस्कृत गर्ने उदेश्यले पुरस्कारको स्थापना गरिएको हो।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति संजय कार्कीले २०८१ को लागि छनौट भएकी सिमरा बाराका रेडियो समर्पणका प्रमुख एवम् रातोपाटी अन लाइन का सम्बाददाता शारदा पोखरेल र २०८२ का लागि छनौट भएकी खुट्टा पिपराढी ४ महोतरी कि tv today जनकपुरमा कार्यरत चाँदनी झा को नाम घोषणा गर्दै छनौट भएकी दुवै जना महिला पत्रकारलाइ बधाई दिएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै यस्तो कार्यको थालनी गर्नु हुने रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जय प्रकाश यादवलाइ धन्यवाद ज्ञापन गरे। अहिलेको अवस्थामा पत्रकारिता पेशालाइ मर्यादित र सभ्य बनाउनु पर्ने ठुलो चुनौती रहेकोले जिल्लाका सबै सन्चारकर्मीलाइ पेशागत मर्यादा कायम गर्दै अघि बढ्न सुझाव दिए।
संचार क्षेत्रमा संचार उधमी स्वर्गीय रामा यादवको भूमिका निकै महत्व पूर्ण भएको चर्चा समेत गरे। उहाले देखेको सपना पुरा गर्न सम्पूर्ण सन्चारकर्मीले सहयोग गर्नु पर्ने धारणा राखे।
कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य शिब पुरीले सामाजिक संजालमा देखिएको बिकृति विसंगति लाइ नियन्त्रण गर्नु पर्ने जोड दिए। एक पत्रकारले अर्को पत्रकारलाइ लक्षित गरी प्रयोग गर्ने शब्दको कारण पत्रकार प्रति बितृष्ण फैलिदै गएको सभ्य रुपमा सामाजिक संजाल प्रयोग गर्न आग्रह गर्दै समाजको परिवर्तनको लागि भूमिका निर्वाह गर्न आग्रह गरे।
बरिष्ठ पत्रकार प्रभात कुमार झाले कोरोना भाइरसको बेला २ जना सन्चारकर्मी गुमाएको पिडा हामी भुल्न नसकेको बताए। रामा यादव र मनोज चौधरीको भएको निधनले सबै पत्रकार मर्माहित भएको अवस्था रहेको उल्लेलख गरे।
जय प्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्ब अध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्की, श्रमजीवि पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष शन्तोष पौडेल लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए।
पत्रकार राकेश कुमार यादवले संचालन गरेको कार्यक्रममा बिभिन्न संचार माध्यम संघ आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ।
Home प्रदेश समाचार मधेश प्रदेश स्व: रामा यादव स्मृति पत्रकारीता पुरस्कार महिला पत्रकार शारदा र चाँदनी...
स्व: रामा यादव स्मृति पत्रकारीता पुरस्कार महिला पत्रकार शारदा र चाँदनी झा लाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।