रौतहट।। बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीको बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको मृत्यु भएको हो।
बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको ज्यान गएको बताइएको छ । खाडलको औसत गहढाई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।