प्रेमचन्द्र झा

राैतहट । स्थानिय केहि व्यक्तिको कुटाईबाट घाईते हुनु भएका परोहा नगरपालिका वार्ड नं २ बस्ने ६५ वर्षिय शेख मतीनको शनिबार उपचार गर्न काठमाडौ लैजाने क्रममा बाटो मै मृत्यु भएको छ। गाउँ टोलमा मोटर साईकल तेज गतिमा किनमोटर साईकल कुदाएको बिषयमा विहिबार भएको दुई पक्ष बिचको झडपमा मृतक मतिन सहित तिन जना घाइते भएको प्रहरीले बताए ।
घटनामा संल्गन व्यक्तिहरु फरार भई सकेकोले प्रहरी खाेज तलास गरि रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख प्रहरी उपरीक्षक दीलिप घिमिरेले बताए । गाउँ टोलमा मोटर साईकल तेज गतिमा किन कुदाएको बिषयमा विहिबार भएको झडपमा परोहा नगरपालिका वार्ड नं १ बस्ने फजले हक ,मोहम्मद जाबिर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मद समेतको कुटाइबाट मृतक मतिन सहित तिन जना गम्भीर घाईते भएका थिए । उपचारमा संलग्न चिकित्सकको सल्लाहमा मृतक मतिनलाई थप उपचारका लागि काठमाण्डाै लैजाने क्रंममा बाटो मै मृत्युु भएको हो। साेही घटनामा मृतकको छोरा मोजरे आलम र श्रीमती जुबैदा खातुन पनि घाइते भएका थिए । उनिहरुको उपचार चन्द्रनिगाहपुरमा भई रहेको प्रहरीले बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here