जनकपुर ।। बलिदानी दिवसको अवसर पारेर जनकपुर धाममा एक लाख दीप प्रज्वलन गरिएको छ । शनिवार साँझ बलिदानी दिवसको अवसर पारेर एक लाख दीप प्रज्वलन गरिएको हो । मधेस प्रदेश सरकारद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी सहभागी थिए । सो अवसरमा बोल्दै लेखीले माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको र आज एक लाख दीप प्रज्वलन गरेको बताए । उनले वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here