बिरगञ्ज।। स्वावलम्बन लघुवित वितिय संस्था लि. शाखा कार्यालय माईस्थानद्वारा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रहि शुक्रवार एक थान कम्प्युटर, प्रिन्टर र स्क्यानर हस्तान्तरण गरिएको थियाे ।
वडा नं १ मा अवस्थित ईलाका प्रहरी कार्यालय छतवाका ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक उमाशंकर रायलाई कार्यालय प्रयोजनको लागि उक्त अति महत्त्वपूर्ण सामग्री हस्तान्तरण गरिएको स्वावलम्बन लघुबित बितिय संस्था लि.माईस्थान शाखामा कार्यरत कर्मचारी कृष्णा राय यादवले बताए ।
सामाजिक सेवामा समर्पित उक्त लघुबितिय बैंकले सेवाग्राहीको मन जित्न सफल संस्थाको रूपमा परिचित स्वावलम्बन लघुबितिय संस्था माईस्थानले प्रत्येक वर्ष सामाजिक उतरदायित्व कार्यक्रम संचालन गर्दै आएको हुदाँ एक कार्यक्रम गरि कम्प्युटर, प्रिन्टर र स्क्यानर हस्तान्तरण गरिएको शाखा प्रमुख अन्जन कार्कीले बताएका हुन ।
स्वावलम्बनद्वारा एक थान कम्प्युटर, प्रिन्टर र स्क्यानर हस्तान्तरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।