काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’माथि बङ्गलादेशमा प्रतिबन्ध लागेको छ । भारत र बङ्गलादेशबीचको तनावपूर्ण सम्बन्धका कारण फिल्ममाथि प्रतिबन्ध लागेको हो । इमर्जेन्सी सन् १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको आपत्‌कालमा आधारित छ ।
बङ्गलादेशमा इमर्जेन्सीको प्रदर्शन रोक्ने निर्णय भारत र बङ्गलादेशबीचको वर्तमान तनावपूर्ण सम्बन्धसँग जोडिएको आईएएनएसले जनाएको छ । यो प्रतिबन्ध फिल्मको विषयवस्तुको कारणले कम र दुई देशबीच जारी राजनीतिक तनावका कारणले बढी आएको हो ।
इमर्जेन्सीले सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा भारतीय सेना र इन्दिरा गान्धीको सरकारको भूमिका र बङ्गलादेशका पिता भनेर चिनिने शेख मुजीबुर रहमानलाई दिइएको समर्थनलाई चित्रण गर्दछ । फिल्ममा बङ्गलादेशी अतिवादीहरूको हातबाट मुजिबुरहमानको हत्यालाई पनि देखाएको छ ।
यसका कारण बङ्गलादेशमा फिल्म प्रतिबन्धित गरिएको हो । भारतमा जनवरी १७ मा यो फिल्म रिलिज हुँदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here