साैराहा ।। चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ ।
सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरभुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको थियाे ।
महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।