सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिका वार्ड २ जयपुर का आधारभूत विद्यालयमा लगाइएको ताला खोलिएका छन ।
प्रधानाध्यापक गर्भु महतोको कार्यशैली प्रति असन्तुष्ट अभिभावकहरूको नेतृत्व गर्दै वडाध्यक्ष अजयकुमार साह प्रधानाध्यापक कक्षमा गएको बुधवार लगाएको ताल्चा आज खोलिएका हुन् ।
प्रधानाध्यापक गर्भु महतो कार्यशैली प्रति असन्तुष्टि विद्यालयमा विद्यार्थीहरुलाई वितरण गर्न राखिएको सामग्री आफूखुशि बाँडफाड गरेको भन्दै विद्यालयको कार्यालय तथा जिन्शी शाखामा ताल्चा लगाएको थियो । अाईतवार विद्यालयको प्रांगणमा बसेको बैठकमा भएको सहमति पछि गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राय, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रतिनिधि सुनिल कुशवाहा, वडाअध्यक्ष अजय कुमार साह लगायत प्रहरीको रोहवरमा विद्यालयको कार्यलयमा लगाइएको ताल्चा खुलाइएको छ ।
आज छलफलमा विद्यालयका प्रधानाध्यापक गर्भु महतोको मोबाईल स्विच आफ गरेर अनुस्थित रहेका थिए । भने आज छलफलमा भएको निर्णय आफू सहर्ष स्विकार्य गरिने भनि समाध प्रअ महतोले पठाएका थिए ।
छलफलमा स्थानियवासीले प्रअ गर्भू महतो सरुवा, वि व्यवस्थावन समितिको विघटन र घरमा लगेको सामग्री फिर्ता सहित विद्यालयका पठनपाठन गुणस्तरयूक्त सहित संचालनका लागि माग राखेका थिए भने छलफलमा आएका सम्बन्धित निकायका व्यक्तिहरु स्थानियवासीको जायज मागलाई कानुन सम्बत सम्बोधनका लागि तयार भएपछि सहमति भएको बताइएको छ ।
प्रअ गर्भू महतो छलफलमा अनुपस्थित भएका कारण विद्यालयमा नगरस्तरिय परीक्षा सकिएपछि पुष १९ गते शुक्रवारका दिन दोस्रो चरणको बैठक हुने गरी आज सहमति भएको वडाअध्यक्ष अजय कुमार साहले जानकारी दिए ।
विद्यालयमा गैरसकारी संस्थाद्वारा विद्यार्थी तथा अभिभावकहरुका लागि वितरण राखिएको सामग्री शिक्षक तथा विव्यस समितिका सदस्यहरुले आफूखुशी बाँडफाड तथा आफनो घरमा लगिएको भन्दै स्थानियवासी आन्दोलित भएका थिए ।
विद्यालयका प्रधानाध्यापक गर्भु महतो कार्यशैली प्रति असन्तुष्टि जनाउदै थप आक्रोशित भएका स्थानियवासीहरु गएको बुधवार विद्यालयका शिक्षक तथा विव्यस का सदस्यहरुलाई कार्यालयमा थुनेर ताल्चा लगाइदिएका छन ।
घटनास्थलमा मध्यस्ता गर्न पुगेका वडाअध्यक्ष अजय कुमार साहले आफनो रोहवरमा कार्यालयको ताल्चा खुलाई शिक्षक तथा विव्यसका सदस्यहरुलाई बाहिर निकालेका थिए भने स्थानियवासीहरुको नेतुत्व गर्दै वडाअध्यक्ष साह छलफल तथा सहमति नहुन्जेलसम्मका लागि कार्यालय तथा जिन्शी शाखा ताल्चा लगाएका थिए ।
गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद रायले हाल गठनमा रहेको विव्यस स्थानियवासीको सहमतिमै गठन भएको र यसलाई विघटन गर्ने अधिकार समेत स्थानियमा निहित रहेको बताएका छन । स्थानियवासी जे सहमति गरेर म कहाँ ल्याउनु हुन्छ । त्यसलाई कार्यान्वयन गर्न आफू हरदम तयार रहेको बताए ।
तपाईहरु समित गठन गरेको बेला समेत हामी आएका थियौं, उहाँले भने । यसलाई विघटन गरी नयाँ गठन गर्न बोलाउनुहन्छ भने पनि आउने उहाँको भनाई छ । बैठकमा स्थानीयवासीलाई सम्बोधन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रतिनिधि सुनिल कुशवाहाले स्थानियवासीको जायज माग सम्बोधन गर्न र विवादमा उल्झिएका विद्यालयलाई शैक्षिक निकास दिनका लागि आफू प्रतिबद्व रहेको बताए ।
स्थानियवासीको माग प्रअको सरुवा प्राथमिकतामा रहेका कारण प्रक्रिया पुर्याएर सरुवा समेत गरिने उहाँले बताए । विद्यालयमा इकाइले समेत पुर्वाधार निर्माणका लागि सक्दो लगानी गरेको तर ग्राउन्ड सोचे अनुरुप काम हुन नसकेको प्रति गहिरो दुख समेत व्यक्त गरे । उहाँले भने, यसमा प्रअ र शिक्षकको पनि कमिकमजोरी होला, केही समाजका पनि होला तर विधालयको अवस्था हुनुपर्ने जस्तो नभएको उहाँको भनाई छ ।
आज बैठकमा वडाअध्यक्ष पूर्व वडाध्यक्ष भोला महतो सहित अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थितिमा भएको अभिभावक भेलाको सहमतिबाट ताल्चा खोलिएको छ ।
गएको मंगलवारका दिन विधालयका शिक्षक र विव्यसका सदस्यहरूले गैरसरकारी संस्थाहरुबाट विधार्थीहरु तथा अभिभावकहरुका लागि वितरण गर्न ल्याइएको सामग्री आफुखुशी बाँडफाड गरेको विरोधमा स्थगननियवासी आक्रोशित बनेका थिए ।
प्रअ गर्भू महतो आफनो कार्यशैलीलाई सुधार गरी पुराना कमिकमजोरी तथा गल्तीलाई सुधार गरी विद्यालयका पठनपाठनलाई चुस्तदुस्त गर्न तयार रहेको बुझिएको छ । यद्यपि स्थानियवासी विरोधमा उत्रेका कारण आफूलाई नपत्याए आफू हषिखुशि सरुवा गराइ जान तयार रहेको स्रोतको भनाई छ ।
बैंठकमा विवाद उत्पन्न नहोस भनेर भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here