वीरगञ्ज ।। न्यायपरिषदले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ न्यायाधीशको सम्मान वीरगञ्ज उच्च अदालतकी न्यायाधीश निर्मला शाक्य र पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालले प्राप्त गरेका छन् ।
न्यायपरिषद स्थापनाको ३४ वर्ष पुगेको उपलक्ष्यमा बुधबार रामशाहपथमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायाधीशद्वय शाक्य र खनाललाई दोसल्ला ओढाएर नगद पुरस्कारहित सम्मान गरे ।
अदालतमा यस वर्ष उत्कृष्ठ कार्यसम्पादन गरेका आधारमा उनीहरुलाई सम्मान गरिएको परिषदले जनाएको छ ।
सम्मानित हुने न्यायाधीश शाक्य जनकपुर उच्च अदालत अन्तगत वीरगञ्ज अस्थायी इजलासमा कार्यरत छिन् । न्यायाधीश खनाल जिल्ला अदालत पर्सामा कार्यरत छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here