गरूडा। रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको धान खेतमा जिउँदै हरिनको बच्चा फेला परेको थियो । जंगलबाट बाटो विराएर गाउँ बस्तीमा पसेका हरिनको बच्चालाई स्थानीयबासी र प्रहरीको सक्रियताले उद्दार गरीएको छ ।दिनको करिब १२ बजेको समयमा धान खेतमा पानी पटाउने क्रम्मा खेततीर जाँदा हरिनको बच्चा देखिए पछि स्थानीयले ईलाका प्रहरी कार्यालय शिवनगर खबर गरेको थियो ।

खबर प्राप्त पश्चता ई.प्र.का. शिवनगरबाट खटि गएको प्रहरी टोली जिउँदै हरिनको बच्चा बरामद गरी ईलाका प्रहरी कार्यालयमा बुझाएको थियो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट खटि आएका फोरेष्टर शम्भु महतो कोईरीको अनुसार धान खेतीको सिजनमा जंगलबाट हरिनको झुण्ड गाउँ तिर धानबाली खान आएको समयमा अलपत्र परेको हुन सकने वहाँको भनाई रहेको थियो । ई.प्र.का. गरुडामा ल्याई राखिएको हरिनको बच्चा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको फोरेष्टर शम्भु महतोलाई ई.प्र.का.गरुडाको प्रहरी नायब उपरीक्षक तुलसीाराम अर्यालयले जिम्मा लगाएको थियो । श्राेत रेडियाे मधेश मसला

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here