राैतहट ।। नेपाल पत्रकार महासङ्घ राैतहटको अध्यक्षमा नेपाल प्रेस युनियनका उम्मेदवार संजय कुमार कार्की निर्वाचित भएका छन् । शुक्रवार सम्पन भएकाे निर्वाचनमा कार्की १५ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक बिनय कुमार लाल दासले जानकारी दिए।
कार्कीका निकटतम प्रतिद्वन्द्वी उतम उपाध्या १२, रविन्द्र प्रसाद साह १२ र मदन ठाकुरले ६ मत प्राप्त गरेका थिए। पत्रकार महासङ्घ राैतहटको उपाध्यक्षमा डिल्ली बहादुर कार्की १८ मतसहित निर्वाचित भएका थिए । यस्तै महिला उपाध्यक्षमा विना राउत निर्विराेध भएकि थिईन । सचिवमा गाैतम श्रेष्ठ २६ मतले विजयी हुँदा  सहसचिव समावेशीमा दिनेश यादवले २६ मत प्राप्त गरेर निर्वाचित भएका थिए।
खुला सहसचिवमा जितेन्द्र लाल श्रीवास्तव २४ मत सहित निर्वाचित भएका छन । यस्तै कोषाध्यक्षमा संजय कुमार सहनी २४ मत प्राप्त गरी विजयी भएका हुन्।
महिला सदस्यमा रूद्र कुमारी कार्की, दलित सदस्य रामप्रवेश बैठा, अादिवासी जनजाति सदस्या प्रकाश श्रेष्ठ, मधेसी सदस्य नन्दभुषण श्रीवास्तव, अन्य समावेशी अपांग रामपुकार राउत, पुरुष खुला तर्फ उमेश यादव, शाखाको केन्द्रिय परिषद सदस्य शैलेन्द्र गुप्ता, प्रदेश पार्षदमा रमेश तिमलसिना निर्बिरोध निर्वाचित भएका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here