वीरगञ्ज ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा कार्यकर्ताहरूले मंगलबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता झुक्क्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
पर्सास्थित हाम्रो सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पोखराबाट काठमाडौं हुँदै जहाजमा लगिएको हो।
सानोपाइला सहकारीको ३३ करोड ५२ लाख रुपैयाँ अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here