राैतहट।। समयले कुन वेला कस्लाइ कहाँ पुर्याउने हाे त्यसकाे कुनै निश्चित हुदैँन । भन्छ, भाग्यले लेखेकाे भन्दा बढी र समय भन्दा अगाडी कुनै पनि काम हुदैँन, तर मेहनतले प्रायः सवै काम सम्भव हुने गर्दछ । त्यस्तै उदहारण बन्न पुगे राैतहटका दिपेन्द्र प्रसाद यादव ।

संघीय लोक सेवा आयोगबाट भर्खरै खुला तर्फ २६ न. मा सिफारिस हुनुभएका शाखा अधिकृत हुन दिपेन्द्र प्रसाद यादव । हुनत वहाँको बुवा पनि अवकाश प्राप्त इन्जिनियर हुनुहुन्छ । वहाँका दुई कान्छा भाइ पनि नेपाल सरकारका शाखा अधिकृत नै हुन तर त्यसो भनेर वहाँको मिहनेतलाइ कम आक्लन गर्न मिल्दैन । उमेरले ४३ बसन्त पूरा गरिसक्नु भएका दिपेन्द्रकाे सङ्हर्षको कथा उदाहर्णीय छ ।

पढाईको विकल्प छोडेर बिवाह पश्चात भारतमा रोजगारी शुरु गरिसकेका दीपेन्द्रप्रसाद यादवले भाइहरुको अनुरोधमा काठमाडौ बसेर निजामती सेवाको तयारी थाले । तयारी थालेको पहिलो वर्ष छनौट नभई वैकल्पिक परेका वहाँले हिम्मत साथ तयारी जारी राखे । दोश्रो वर्ष अर्थात २०७१ सालमा एकै पटक पाँच वटा विधामा कम्प्युटर अपेरेटर पदमा नाम निकाली स्वेच्छाले निजामती सेवा रोजेर जागीर शुरुवात गरे । जागीर पश्चात औपचारिक स्नातक पढाइ शुरु गरि उक्त डिग्री समयमै पूरा गरि शाखा अधिकृतको तयारीमा जुटे । जागीरले मागेको काम , पारिवारिक जिम्मेवारी सहित वहाँले पढाईलाई निरन्तरता दिई करिव १० वर्षकाे कडा मेहनतले साथ दिए पछि आज यस उमेरमा आफूलाइ स्थापित गर्न सफल हुनुभएको छ ।

जुन उमेरमा मानिस घरायसी जिम्मेवारीमा अल्झेर छोराछोरीमा आफ्नो सपना खोज्छन तर वहाँले आफ्नो सपना आफैले पूरा गरि छोराछोरी र मधेशका सबै लोक सेवा तयारी कर्ताको लागि एक मिसाल कायम गर्नु भएको छ ।

त्यस्तै गाैर नपा ६ सवगढा निवासी रहेकाे जिल्ला हुलाक कार्यालय राैतहट गाैरमा खरिदार पदमा कार्यरत रहेका सन्ताेष साहले पनि शाखा अधिकृत पदमा सिफारिस हुन भएका छन् । राैतहटकाे लाइ गैरवान्वि गराउन सफल हुन भएका दुवै जनालाइ हाम्राे तर्फबाट हार्दिक बधाइ तथा शुभकामना ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here