सागर संगम,रौतहट ।
राष्ट्रिय गौरवका रुपमा रहेको काठमाण्डौ तराई मधेश द्रुतमार्ग सडक योजना निर्माणको क्रममा हटाइएका रुख बिरुवाहरुको सटामा बृक्षारोपन गर्ने कार्य प्रारम्भ भएको छ। संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा द्रुतमार्गले आयोजना गरेको बारा जिल्लाको कोलहवी नगरपालिका बाट शरु गरेका छन। प्रदेश नम्बर २ बन निर्देशनालयले प्रदेशको समन्वयमा डिभिजन बन कार्यलय बाराले उपलब्ध गराएको कोलहवी नगरपालिका बडा न ८ शान्तिटोल स्थित राष्ट्रिय वन क्षेत्रमा रहेका ५दशमलव ६१ हेक्टर खाली रहेका जग्गामा कोलहवी नपा डिभिजन बन कार्यलय तथा द्रुतमार्ग सडक योजनाको संयुक्त सहभागितामा २०७६ असोज ४ गतेका दिन नेपाली सेनाका प्रमुख सेनानी सुशिल कुमार कार्कीको प्रमुख आथित्यमा स्थानियबाटै अतिक्रमणको चपेटामा परेको उक्त बन क्षेत्रमा बिरुवा रोपिएको छ ।

बृक्षरोपणमा टिक सिमल सिरिश तथा जामुन प्रजातीका करिब ५०० हजार गोटा नयां बिरुवा रोपिएका छन। भने सोही क्षेत्रमा आफै उम्रिएका करिब ३००० हजार गोटा साल तथा अन्य प्रजातिका रुख बिरुवाहरु लगाएत बिरुवाहरुलाई तारवार गरि संरक्षण गर्ने कार्य समेत भएको छ।सम्पन्न भएको बिक्षारोपण कार्यक्रममा कोलहवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी, ईलका प्रहरी कार्यलय कोल्हवीका इन्सपेक्टर बालिस्टर सिंह, शसत्र प्रहरी कोल्हवीका प्रमुख, उधोग बाण्ज्यि संघ कोल्हवी शाखाके अध्यक्ष महेश कुमार साह, बारा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु ,स्थानिय जनप्रतिनिधी, डिभिजन बन कार्यलय मातहतका कर्मचारीहरु, स्थानिय रेडियो संगमका पत्रकार सागर संगम ,जियालाल चौधरी ,तथा स्थानिय बासिन्दाहरु लगाएत बारा जिल्लामा कार्यरत नेपाली सेनाको सहभागिता रहको थियो। श्री वन तथा भु–संरक्षण बिभाग र द्रुतमाग आयोजना बिच भएको द्धिपक्षिय समझदारी पत्र अनुरुप निकट भबिष्यमा करिब ५ लाखको संख्यामा रुख बिरुवा रोपी संरक्षण गर्ने लक्ष्य अनुसार आयोजनाले गत बैशाख महिना देखी बारा जिल्लाको निजगढ तथा मकवानपुर जिल्लाको राजर्माग ईलकामा आफनै नर्सरी स्थापना गरि खयर सिसौ सिमल टिक ईपिल मलेशियन साल बेल तथा अमला जस्ता जमिन सुहाउदो र छिटो बढने प्रजातिका करिब १ लाख ५० हजार बिरुवाहरु उत्पादन भई सकेका छन। भने आवश्यता अनुसारका थप बिरुवाहरु निरन्तर उत्पादन गर्दै केही संख्यामा फलफुलका बिरुवाहरु समेत संकलन गरि बृक्षारोपण गरिने छ। बृक्षारोपन कार्यको प्रभावकारी कार्यान्वयन तथा स्थानिय तहमा वन बिशेषज्ञ सहितको छुट।ै कार्यदललाई फिल्डमा खटाई बारा जिल्लाको कोल्हवी र निजगढ नगरपालिका अन्तरगंतका बिभिन्न सामुदायीक वन तथा राष्ट्रिय वन क्षेत्रमा रहेका खालि जाग्गाहरुको पहिचान गरि संम्बन्धीत सरोकारवालाहरु सहितको संयुक्त टोलीले हालसम्म करिब १८८ हेक्टर खालि जग्गाको सर्भे गर्ने कार्य संम्पन गरिसकेको छ। भने अगामी दिनमा बारा तथा मकवानपुर जिल्लामा समेत बृक्षारोपणका लागि आवश्यक पर्ने थप खालि जग्गाहरुको पहिचान र सर्भे गर्ने कार्य जारी राखने बताएका छन।