काठमाडौं ।। मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।
हिरासतमा राख्न लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौँले उनलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत लगेको आरोप लागेको छ ।
एमाले प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीविरुद्ध यस प्रकरणमा छानबिन जारी रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।