राैतहट ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर २ खेसरहियामा शनिवार मैराथन १० किलोमीटर दौड़ प्रतियोगिता संपन्न भएको छ ! स्थानीय नेपाल समाज विकास केन्द्रको आयोजनामा मैराथन १० किलोमीटर दौड़ सीजन ५ संपन्न भएको हो ! १५० जना युवा युवती सहभागी भएको सो दौड़ प्रतियोगितामा केटी तरफ ५ जना र केटा तरफ ५ जना विजयी भएको छ ! २८ जना केटीमा माधव नारायण नगरपालिका वड़ा नम्बर ९ का निरिता सहनी प्रथम तथा १२२ जना सहभागी भएको पुरुष केटा तरफ गरुडा नगरपालिका वड़ा नम्बर ४ निवासी कबीन्द्र कुमार शर्मा प्रथम स्थान हासिल गरेका छन !
प्रतियोगितामा सफल भएका ५ मध्ये केटा तरफ संदीप कुमार महतो परोहा नगरपालिका ३ दोस्रो , हरे कृष्ण राम माधव नारायण नगरपालिका २ तेस्रो , राहुल राम गरुडा नगरपालिका ४ चौथो र अखिलेश कुमार पटेल देवाही पाँचौ स्थान हासिल गरेको आयोजक सस्थाले जनाएको छ ! माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा भएको दौड़ प्रतियोगितामा महिला केटी तरफ माधव नारायण नगरपालिका वड़ा नम्बर ९ निवासी फूलकञ्चन सहनी दोस्रो , अनिशा कुमारी सहनी तेस्रो , माधव नारायण नगरपालिका २ निवासी अमृता कुमारी रजक चौथो तथा देवाही गोनाही निवासी मनीषा कुमारी यादव पाँचौ स्थान ल्याउन सफल भएको छ ! प्रतियोगितामा प्रथम स्थान ल्याउने लाइ नगद रुपैया ११ हजार , दोस्रो स्थान ल्याउनेलाइ नगद ९ हजार , तेस्रोलाइ नगद ७ हजार , चौथो लाइ नगद ३ हजार र पाँचौ स्थान हासिल गर्नेलाइ नगद रुपैया २ हजार ५ सय , शील्ड र प्रमाण पत्र प्रदान गरिएको आयोजक सस्थाका अध्यक्ष नितेश कुमार यादवले जानकारी दिएका छन !
बिजेतालाइ नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रमाण पत्र वितरण गर्दै प्रतियोगितामा असफल भएका युवा युवतीलाइ आफ्नो हौशलामा ह्रास नल्याउन आग्रह गरेका छन ! दौड़मा समयमा आऊंन सफल भएकालाइ बधाई दिदै नगर प्रमुख यादवले जहिले पनि सफलता पाउने लक्ष्य राखेर अघि बढ्नु पर्ने सुझाव दिए ! खेलकूदले स्वास्थ्य तथा मानसिक रुपमा बलियो बनाउने हुदा जून सुकै खेलमा रूचि भए त्यों क्षेत्रमा राम्रो प्रदर्शन गर्ने ऊर्जा राख्दा सफलता मिलने विस्वास व्यक्त गर्दै प्रतियोगिताको निरंतरता तथा युवाहरुको आवश्यकताको पूरा गर्न हरदम त्यार रहेको प्रतिवद्धता व्यक्त गरे !
निरंजन यादवले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख निर्मला रमन , योजना प्रमुख इन्जीनियर नागेद्र यादव , शिक्षक सिकिंद्र यादव , पूर्व वड़ा अध्यक्ष हनुमान सहनी लगायतका वक्त हरुले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए !