रौतहट ।। रौतहटमाआएको बाढी पहिरोबाट १२ सय ४५ घर डुबानमा परेकाे छ । आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएका छन् भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अबिरल वर्षासँगै बागमती लालबकैया लगायत बिभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानीय तह मध्ये १३ वटा प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
बर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ । गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here