विराटनगर ।। अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ । रंगेलीमा ४१ परिवार विस्थापित भएका छन् । रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

रंगेली नगरपालिका–९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–२ र कटहरी गाउँपालिका १ का केही परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर–२ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी–१ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ । विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमा परेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केशलिया खोलामा आएको बाढी बस्तीमा पसेको हो । बाढीका कारण केही परिवार विस्थापित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here