जनकपुरधाम ।। धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आज बिहान करिब ३ बजेतिर जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीकाे  हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here