मुम्बइ ।। बलिउड अभिनेत्री तथा भाजपा नेतृ कंगना रनौत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’लाई लिएर चर्चामा छिन् । कंगनाले आफ्नो विवाहको विषयमा मौनता तोडेकी छिन् । न्युज १८ लाई दिएको अन्तर्वार्तामा कंगना रनौतले आफू बिहे गर्न चाहेको बताइन् । जब कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधियो, यसबारे कंगनाले भनिन्, ‘’आशा छ, किनभने यसपछि बिहे गरेर कुनै फाइदा छैन । यो सांसदको कार्यकालमा बिहे गर्छु ।’’ कंगनालाई थप सोधियो – कहिले विवाहको अपेक्षा गर्न सक्छिन् ? यसको जवाफ दिँदै अभिनेत्रीले हाँस्दै भनिन्, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु ।’ चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उहाँ एकदमै नम्र व्यक्ति हुनुहुन्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here